सोमबार, ११ कार्तिक, २०८२

पेप्सीकोलामा ४ सवारीसाधन दुर्घटनामा,१० जना घाइते

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १७ भाद्र, २०८०

पेप्सीकोलामा ४ सवारीसाधन दुर्घटनामा,१० जना घाइते

काठमाडौँ । पेप्सीकोलाबाट जडीबुटीतर्फ जाँदै गरेको बस पल्टिदा कम्तीमा १० जना घाइते भएका छन् ।

आइतबार बिहान काठमाडौँको पेप्सिकोलामा गुडिरहेको बस पल्टँदा गुडिरहेको स्कुटर,बाइक र जिपमा समेत ठक्कर दिएको थियो । जसमा चार वटा सवारी एक आपसमा दुर्घटनामा परेका छन् ।

जसमा कम्तीमा १० जना घाइते भएको बताइएको छ । घाइतेमध्ये ७ जनालाई सिभिल अस्पताल बानेश्वर उपचारको लागि ल्याइएको महानगरीय प्रहरी प्रभाग काँडाघारीले जानकारी दिएको छ ।

सामान्य घाइते भएकालाई पेप्सीकोलाकै स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

advertisement_1680627680.gif