सोमबार, ११ कार्तिक, २०८२

सिम्रिक एअरकाे हेलिकप्टर दुर्घटना: १ जनाको मृत्यु, घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइयो

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २२ बैशाख, २०८०

सिम्रिक एअरकाे हेलिकप्टर दुर्घटना: १ जनाको मृत्यु, घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइयो

काठमाडौं । सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ मा सिम्रिक एअरको हेलिकोप्टर दुर्घटना हुँदा एक जनाकाे मृत्‍यु भएको छ ।दुर्घटनामा परी गम्भीर घाइते भएका भविन गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ। 

मृतक गुरुङले हेलिकप्टरमा सहयोगीका रुपमा काम गर्दै आएको बताइएको छ। अपर अरुण जलविद्युत् आयोजनाको माटो, ढुंगा तथा कंक्रिट प्रयोगशालाका लागि आवश्यक सामान बोकेको हेलिकप्टर आज शुक्रवार दिउँसो १ बजेर १० मिनेटमा दुर्घटनामापरि  घाइते भएकाा क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकर घाइते भएका प्रहरीले जनाएको छ । 

अरुण तेस्रोको सामान लिएर गएको सिम्रिक एयरको हेलिकप्टर शुक्रबार दुर्घटना हुँदा घाइते भएका क्याप्टेन सुरेन्द्र पौडेल र भविन्द्र गुरुङलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । 

पौडेललाई सिम्रिकको हेलिकोप्टरबाट र गुरुङलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौंका ल्याइएको हो । 

advertisement_1680627680.gif