राष्ट्रिय सन्देश संबाददाता, बुधबार, ३१ श्रावण, २०८०
काठमाडौं । सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा थप चार जना पक्राउ परेका छन् । सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो-सीआईबीले चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा टियान मी, वेन टोंग, डिंग सेग्फा र ली नेङकाई रहेका छन्। उनीहरूलाई म्याद थपका लागि बुधबार काठमाडौं जिल्ला अदालत लगेर थप गरिएको छ। सुन तस्करी र संगठित अपराध कसुरमा यसअघि १७ जना पक्राउ परिसकेका छन् । राजस्व अनुसन्धान विभागले सुरुमा अनुसन्धान गरेको यो प्रकरणमा पछि सीआईबीलाई जिम्मा दिइएको थियो ।
यस प्रकरणमा थप ४ जना पक्राउ परेसँगै पक्राउ पर्नेको संख्या २१ पुगेको छ।