सोमबार, ११ कार्तिक, २०८२

सिन्धुलीको सुनकोशी गाउँपालिका वीपी राजमार्गमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्‍यु; स्‍थानीयले बसमा आगजनी

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ९ पुष, २०८०

सिन्धुलीको सुनकोशी गाउँपालिका वीपी राजमार्गमा  बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्‍यु; स्‍थानीयले बसमा आगजनी

सिन्धुली। सिन्धुलीको सुनकोशी गाउँपालिका वीपी राजमार्ग अन्तर्गत सुनकोशी गाउँपालिका–३ मा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ । बोहोरेटारमा भएको दुर्घटनामा बसले मोटरसाइकल चालकको मृत्‍यु भएको भन्‍दै त्‍यहॉं स्‍थानीयहरूले बसमा आगजनी गरिएका छन।

जिल्‍ला प्रहरी कार्यालय सिन्‍धुलीका प्रवक्ता चिरन्जीवी दाहालका अनुसार अरनिको यातायात सेवा समितिको बागमती प्रदेश ०१–००६ ख ४५९३ नम्बरको बसमा स्थानीयले आगजनी गरेका हुन् । सोमबार बिहान बा. प्र. ०१–००६ ख ४५९३ नम्बरको बस र विपरीत दिशामा रहेको बा ६० प ३५४५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको थियो ।

बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक रामेछापको मन्थली नगरपालिका–१३ का रुपेश अधिकारी र खोटाङको दिक्तेल नगरपालिका–१० की मुनाकला राईको ज्यान गएको हो ।

 आगजनीबाट बस पूर्णरुपमा जलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरन्जीवी दाहालले जानकारी दिए ।

advertisement_1676551694.gif