शुक्रबार, ३ जेष्ठ, २०८२

सुन्धारामा दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २९ बैशाख, २०८२

सुन्धारामा दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

२८ बैशाख २०८२, काठमाडौं । काठमाडौंको सुन्धारामा दुई वटा मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आज (सोमबार) को दुर्घटनामा तनहुँको आँबुखैरेनी नगरपालिका ५ का ६४ वर्षीय सन्तोषकुमार गुरुङको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । काठमाडौँ महानगरपालिका २२ काठमाडौँ मल अगाडि सडकमा बा ३४ प ४३२० नम्बरको मोटरसाइकल र रा ७ प ८७९५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको थियो । बा ३४ प ४३२० नम्बरको मोटरसाइकल चालक गुरुङ ललितपुर इमाडोल बस्दै आएका थिए।

दुर्घटनामा घाइते भएका सोही मोटरसाइकलमा सवार १ जना र रा ७ प ८७९५ नम्बरको मोटरसाइकल चालकको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

advertisement_1676551537.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif