सोमबार, ११ कार्तिक, २०८२

सम्भावना बचत तथा ऋण सहकारी संस्थाको एघारौ बार्षिक साधारण सभा सम्पन्न।

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १७ पुष, २०८०

सम्भावना बचत तथा  ऋण सहकारी संस्थाको एघारौ बार्षिक साधारण सभा सम्पन्न।

काठमाडौँ।  भक्तपुर मध्यपुरथिमी नगरपालिका वार्ड न ७ धुन्चोपाखामा रहेको सम्भावना बचत तथा  ऋण सहकारी संस्थाले आफ्नो एघारौँ बार्षिक साथारण सभा सम्पन्न गरेको छ। साधारण सभाको उद्घाटन सभालाई सम्बोधन गर्दै मध्यपुरथिमी नगरपालिका वार्ड न ७ का अध्यक्ष कृष्ण कुमार प्रजापतिले चारैतिर सहकारीले ठग्यो भनेर गुनासो आइरहेको बेलामा पनि सम्भावना सहकारीले राम्रो संग काम गरेर जनताको बचत राम्रो र सहि तरिकाले गरेको कारणले नै अहिले को अवस्थामा पनि निर्धाक्क संग काम गर्न सकेको बताए।

 

मध्यपुर थिमी नगरपालिका सहकारी शाखाका प्रतिनिधि सुरेश  कुमार राइले सहकारी संचालक रथा बचतकर्ताहरुले सहकारीको बास्तविक अर्थ थाहा नपाएर त्यो अनुसार काम नगरेकोले अहिले चारै तिर समस्या आएको बताए।  उनले सहकारीको मूल मर्म अनुसार काम गर्नुपर्नेमा जोड दिए।  


           कार्यक्रममा सहकारीका सल्लाहकार नानुकाजी थापाले यो सहकारीमा कुनै समस्या नभएकोले बचतकर्तालाई  ढुक्क संग बचत गर्न आवान गरे। सहकारीका लेखासमतिका  प्रमुख  तथा ऋण उपसमितिका प्रमुखहरुले आ आफ्नो प्रतिबेदन पेश गरेका थिए । सहकारीका व्यवस्थापक सुदिप खत्रीले सहकारीको समग्र बचत ऋण प्रवाह तथा सहकारीले चाल्ने कदमका बिषयमा चर्चा गरे। सहकारीका अध्यक्ष भक्तराज खत्रीको सभापतित्वमा सम्पन्न उक्त साथारण सभाको संचालक सहकारीका सचिब सुनिल कुमार खत्रीले गरेका थिए। 

सम्भावना बचत तथा  ऋण सहकारी संस्थाको एघारौ बार्षिक साधारण सभा सम्पन्न।

advertisement_1676553908.gif