शुक्रबार, ३ जेष्ठ, २०८२

शैक्षिक अन्तरक्रिया कार्यक्रममा २७ जना पिएच डि हरुलाई सम्मान गरियो

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २७ बैशाख, २०८२

शैक्षिक अन्तरक्रिया कार्यक्रममा २७ जना पिएच डि हरुलाई सम्मान गरियो

२७ बैशाख २०८२, काठमाडौं । तानसेन नगरपालिका पाल्पा काठमाडौं सम्पर्क मञ्चले शनिवार राजधानिमा  पाल्पाको शैक्षिक अवस्थाको यथार्थ चित्रण तथा भावि योजना बिषयक अन्तरक्रिया तथा पिएच डि सम्मान कार्यक्रमको आयोजना गरेको छ । तानसेन नगरपालिका पाल्पा काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष कृष्ण घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेकपाएमाले पोलिटब्युरो सदस्य, राज्यका निर्देशक सिद्धान्त निति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्याङ्कन समितिका सभापति ,पाल्पा क्षेत्र न २ का माननीय सांसद ठाकुर प्रसाद गैरेले यस्ता अन्तरक्रिया कार्यक्रमले पाल्पाको शैक्षिक क्षेत्रमा सुधार गर्न सहयोग पुर्याउने बताएका छन् ।

अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारी, नेकपा एमाले केन्द्रिय सदस्य श्रीजना काफ्ले,पाल्पा क्षेत्र न १ का माननीय साँसद नारायण आचार्य,नेकपा एमाले सम्पर्क समन्वय कमिटिका सह संयोजक ठानेश्वर बस्याल, नेकपा एमाले लुम्बिनि प्रदेश सम्पर्क कमिटिका अध्यक्ष श्री प्रसाद पाण्डे, नेकपा एमाले सम्पर्क समन्वय कमिटिका सदस्यहरु रामहरी शाही समुन्द्रि तथा सेमन्तमणि खराल, लुम्बिनि प्रदेश सम्पर्क कमिटिका उपाध्यक्ष निल सारु,सह सचिव ऋषिराम भुषाल,सचिवालय सदस्य डि आर पोखरेल, पाल्पा काठमाडौ सम्पर्क मञ्चका अध्यक्ष लक्ष्मण अधिकारी, लुम्बिनि प्रदेश सम्पर्क कमिटिका सदस्य तारा प्रसाद पाण्डे,लगायतको उपस्थिति रहेको थियो ।

शैक्षिक क्षेत्रको हबको रुपमा परिचित पाल्पा जिल्लालाई आफ्नो बिरासत फर्काउन सबैजना लाग्नुपर्नेमा उपस्थित बिज्ञहरुको सुझाव रहेको थियो । कार्यक्रममा के एम सि एजुकेशन फाउण्डेसन नेटवर्कका एक्जुकेटिभ डाइरेक्टर डा ध्रुव भट्टराई तथा जनता विद्यलय तानसेनका शिक्षक राम प्रसाद ढकालले क्रमश बिश्वविद्यालय शिक्षा तथा विद्यालय शिक्षाको बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र माथि टिप्पणि तथा सुझाबमा भाग लिदै शिक्षविदहरुले आ आफ्नो धारणा राखेका थिए ।

भक्तपुरको जर्मन होम्समा आयेजित कार्यक्रममा २७ जना पिएच डिहरुलाई सम्मान गरिएको थियो । सम्मानित  हुनेहरुमा प्रा डा शिवराज अधिकारी, डा. सुयोग भण्डारी ,प्रा डा ध्रुव प्रसाद भट्टराई, डा ध्रुव भट्टराई ,डा.नेत्र प्रसाद न्यौपाने ,डा कृष्ण बहादुर थापा ,डा राम गोविन्द अर्याल, डा गोविन्द सुमन नेपाल, प्रा डा नारायण पहारी, डा. किरण आचार्य, डा.शिव प्रसाद खनाल, डा.सिता बिष्ट कार्की , डा.दामोदर रेग्मि ,डा.देवराज आचार्य, डा.शिव पोखरेल, प्रा.डा.फत्त बहादुर केसि, डा.गोपि रेग्मि, डा.भवीश्वर पङ्गेनि, डा.बिष्णु बस्याल, डा.कृष्ण प्रसाद बस्याल,, डा. नारायण घिमिरे, डा. प्रकाश भट्टराई, डा.राम गोविन्द अर्याल, डा. सविता पाण्डे, डा.सावित्रि देवी आचार्य अधिकारी, डा शोभियत लाल बज्राचार्य रहेका छन् ।साथै सोहि  कार्यक्रममा अन्तर पालिका स्तरिय क्रिकेट प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल तानसेन नगर पालिकाका खेलाडीहरुलाई समेत प्रशंसा पत्र प्रदान गरिएको थियो।कार्यक्रमको सञ्चालन तानसेन नगरपालिका पाल्पा काठमाडौं सम्पर्क मञ्चका सचिव सागर पाण्डेले गरेका थिए भने स्वागत उपाध्यक्ष ईन्द्र जंङ्ग गोदारले गरेका थिए ।

शैक्षिक अन्तरक्रिया कार्यक्रममा २७ जना पिएच डि हरुलाई सम्मान गरियो

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif