शुक्रबार, ३ जेष्ठ, २०८२

तीनकुनेमा बसले मोटरसाइकल र भ्यानलाई ठक्कर दिँदा एक युवतीको मृत्यु, ३ घाइते

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २५ बैशाख, २०८२

तीनकुनेमा बसले मोटरसाइकल र भ्यानलाई ठक्कर दिँदा एक युवतीको मृत्यु, ३ घाइते

२५ बैशाख २०८२, काठमाडौं । काठमाडौंको तीनकुनेमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बिहान साढे करिब ६ बजे तीनकुनेस्थित मुनिभैरबअगाडि सडकखण्डमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा नुवाकोट स्थायी घर भएकी नगिना तामाङ रहेको प्रहरीले जनाएको छ ।  उनको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा बिहीबार बिहान ७ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकरी दिए ।

बिहीबार बिहान काठमाडौं-३२ तीनकुनेस्थित सडकमा बा३ख ७०६२ नम्बरको बस, बा.प्र.०-०२६च २९२७ भ्यान र बा.प्र.०२-३८४७ नम्बरको मोटरसाइकल आपसमा जुधेका थिए। बानेश्वरबाट तीनकुने गइरहेको बसले सुरूमा भ्यानलाई ठक्कर दिएको र त्यसपछि भ्यानले मोटरसाइकललाई ठक्कर दिएको बोहराले बताए।

मोटरसाइकलको पछाडि बसेकी तामाङ गम्भीर घाइते भएकी थिइन्। दुर्घटनामा मोटरसाइकल चालक रामेछाप घर भई नयाँबजार बस्ने २७ वर्षीय पदम थापामगर, भ्यान चालक शान्तिनगर बस्ने ३५ वर्षीय रत्नबहादुर सार्की र बसमा सवार दोलखाकी २४ वर्षीया मेनुका बुढाथोकी घाइते छन् ।

घाइते चालकको ट्रकमा सेन्टरमा र अन्य दुईको कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif