राष्ट्रिय सन्देश संबाददाता, ९ घण्टा पहिले
२०८३ असोज ०५ काठमाडौँ I श्री योग वेदान्त सेवा समिति नेपालले बाढी बाट अत्यन्तै प्रभावित नुवाकोटको त्रीशुलीमा बाढी बाट पिडित १ सय २० जनाको समूहलाई राहत सामाग्री वितरण गरेको जनाएको छ। समितिका अनुसार त्रिशुलीमा रहेको होटल त्रिशुली होल्डिंग सेन्टरमा पुगेर राहत सामाग्री वितरण गरेको हो।
राहत सामाग्रीमा फाइबरको सिरक तथा इलेक्ट्रिक चुल्हो वितरण गरेको बताएको छ । पिडितलाई सिधै सम्पर्क गरि के आवश्यक रहेको छ सोहि अनुसार जाडोमा ओड्न न्यानो सिरक तथा ग्यासको अभावले खाना बनाउन समस्या भएकोले सोहि अनुसार इलेक्ट्रिक चुल्हो वितरण गरेको बताइएको छ। निरज कुमार खड्गी जसको ५ वटा गर र पसल समेत बढीले बगाएको थियो उनकै समन्वय र सहजीकरण मा सामाग्रीहरु पिडित स्वयं लाइ दिन सम्भव भएको हो।
नुवाकोटको बिदुर नगरपालिका वार्ड नो १ मा रहेको होल्डिंग सेन्टरमा सामग्री वितरण गरिएको हो । समितिका सदस्यहरुले सबै व्यक्तिलाई आफैले राहत सामागिर वितरण गरेका थिए । समितिबाट झन्डै २ लाख ५० हजार बराबरको राहत सामाग्री वितरण गरिएको समितिले बताएको छ। समितिका काठमाडौँ , जनकपुर,भैरहवा ,लालबन्दी ,नारायणगढ ,बिरगंज लगायतका समितिहरुले रकम संकलन गरि बाढी पिडितलाई सामग्री वितरण गरिएको थियो ।