राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, १४ बैशाख, २०८०
चितवन। दिगो विकासका लागि राष्ट्रिय युवा सन्जाल ,नेपालको आयोजनामा चितवनमा आठौं राष्ट्रिय युवा सम्मेलन ११ बुँदे सौराहा घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । समापन कार्यक्रममा बागमती युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले युवाहरुलाई संगठित बनाउदै रोजगारी र उद्ध्यमशिलता संगै जोड्नु पर्ने र प्रयत्न भैरहेको बताउनुभयो ।
यसैगरी अधिकारको आन्दोलमा मात्र अगाडि बढ्ने युववर्गले आफ्नो जिम्मेवारी बोध गर्दै उर्जाशिल शक्ति देश निर्माणमा लगाउनुपर्ने बताउनुभयो । कार्यक्रममा टिडिएचका प्रतिनिधि मोनि श्रेष्ठले सबैको हातेमालोले युवा र वातावरण मैत्री समाज निर्माण गर्ने सकिने आफ्नो मन्तव्य राख्दै संस्थाका सल्लाहकार तथा वातावरण अभियनता श्याम कृष्ण श्रेष्ठले आफ्नो ज्याननै जोखिममा राखेर वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्दै देशलाई युवा बस्न र टिकाउन लायक बनाउनुपर्ने बताउनुभयो ।
वातावरणीय अधिकार र जलवायु न्याय एलायन्सका राष्ट्रिय संयोजक अमृत देवकोटाले युवाहरुलाई सामाजिक उद्ध्यमशिलतामा जोड्दै वातावरणीय अधिकार र जलवायु न्यायको क्षेत्रमा क्रियाशिल बनाउनु आजको मुख्य आवश्यकता रहेको बताउनुभयो ,। ३ दिन चितवनमा सम्पन्न सम्मेलनको उद्घाटन वाग्मती प्रदेशकि सामाजिक विकास मन्त्री माननीय कुमारी मोक्तानले गर्नुभएको थियो ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिल बहादुर पुर्जा पुनले युवाहरुलाई स्वागत गर्दै जैविक विबिधता संरक्षणमा युवाको भुमिका बारे प्रस्ट्याउनु भएको थियो ।
युवा नितिको परिमार्जनको लागि सात वटै प्रदेशबाट आएको युवाहरुबाट सुझाव संकलन गरि राष्ट्रिय युवा परिषदका बोर्ड सदस्य जगदीश ऐरलाई हस्तान्तरण गरिएको थियो। विभिन्न सत्रहरुमा युवा र सामाजिक उद्यमशीलता, वातावरणीय अधिकार,युवा नेतृत्वलगायतका सवालमा छलफल एबम अन्तरक्रिया गरिएको थियो ।
दिगो विकासका लागी राष्ट्रिय युवा संजाल, नेपालको आयोजना , राष्ट्रिय युवा परिषद् तथा टि.डि. एच. जर्मनी, हुरेन्डेक नेपालको समन्वयमा भएको कार्यक्रममा देशैभरिबाट ८० भन्दा धेरै युवाहरुको सहभागिता रहेको थियो ।तीनदिने राष्ट्रिय युवा सम्मेलनले युवामैत्री शासकीय प्रणाली स्थापना गर्न माग गर्ने, वातावरण संरक्षण सीप प्रबर्द्धन र उद्धमशिलता मैत्री नीति र संरचना स्थानीय तहसम्म बिस्तार गर्न माग गर्ने लगायत ११ बुँदे सौराहा युवा घोषणा पत्र जारी गरेको छ।
सम्मेलनको अध्क्षता सन्जालका केन्द्रिय अध्यक्ष सौरभ खनालले गर्नु भएको थियो साथै आगामी दिनहरुमा दिगो बिकास र युवाको क्षेत्रमा सरोकारवाला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय संघ सस्थासंग सहकार्य गर्दै अगाडि बड्ने र सन २०२३ भित्रै दक्षिण एसियायी युवा सम्मेलनको तयारीमा सस्था लागेको महासचिव सन्जिप न्यौपानेले जानकारी दिए ।