राष्ट्रिय सन्देश संबाददाता, १२ घण्टा पहिले
१६ असार २०८२, काठमाडौं । दिलभूषण पाठकविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । साइबर अपराध गरेको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गतको मुद्दा दायर गरेको हो ।
साइबर ब्युरोमा परेको उजुरीका आधारमा पाठकविरुद्ध मुद्दा दायर भएको हो । साइबर ब्युरो ५९ नाममा परेको जाहेरीका आधारमा प्रहरीले पक्राउ पूर्जी जारी गरेर पाठकमाथि अनुसन्धान अघि बढाउन खोजेपनि उच्च अदालतले पक्राउ नगर्नु भनी आदेश गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थिएन ।
जिल्ला सरकारी वकिलको कार्यालयले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को विद्युतीय स्वरूपमा गैरकानूनी कुरा प्रकाशन गरेको कसुरमा एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको मागदाबी गरेको छ ।
निवेदकले आफ्नो तस्बिरका साथमा ‘हिल्टनमा जयवीर देउवाको (कांग्रेस सभापति शेरबहादुर देउवापुत्र) पैसा’ भन्ने शीर्षक राखी ‘काठमाडौँस्थित पाँचतारे हिल्टन होटलमा शाहि अग्रवाल र दीपक भट्टको लगानी रहेको छ ।
साइबर ब्यूरोमा उजुरी परेपछि ब्यूरोको छानबिन प्रतिवेदनका आधारमा आज मुद्दा चलाइएको हो ।