सोमबार, ११ कार्तिक, २०८२

थापाथलीमा फुट्यो मेलम्चीको पाइप, सडक अवरुद्ध

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २० फाल्गुन, २०८१

थापाथलीमा फुट्यो मेलम्चीको पाइप, सडक अवरुद्ध

२० फागुन, काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्चीको पाइप फुटेको छ । मंगलबार बिहानै मेलम्ची खानेपानी वितरणको पाइप प्रसुतिगृह र नर्भिक हस्पिटल जाने बाटोमा फुटेको हो ।

थापाथलीमा के कारणले पाइप लाइन फुटेको हो भन्ने पत्ता लागिसकेको छैन । थापाथली चोकबाट नर्भीक इन्टरनेशनल अस्पताल आउने सडकमा पाइपको लाइन फुटेको हो । बिहानै पाइप फुटेपछि उक्त क्षेत्रमा बाढी आएको थियो । सडकसमेत अवरुद्ध भएको छ ।

पानी नजिकका घर र पसलहरुमा पसेको छ । त्यहाँ नजिक फार्मेसीहरू, रेस्टुरेन्टलगायत पसल पनि रहेका छन् ।कालोपत्रे सडक फोडेर पानी बाहिर आएको छ ।

यसअघि पनि बबरमहल क्षेत्रमा खानेपानीको मुख्य पाइप लाइन फुट्दा बाढी आएको थियो ।

advertisement_1676551537.gif