राष्ट्रिय सन्देश संबाददाता, शनिबार, २५ चैत्र, २०७९
काठमाडौँ। नेकपा एमालेका महासचिब शंकर पोखरेलले देशको बिकाश गर्न एमालेको मात्र सामर्थ्य रहेको बताएका छन्। नेकपा एमालेले चलाएको मिसन ग्राश रुट अभियान अन्तरगतको लुम्बिनी प्रदेश सम्पर्क कमिटीद्वारा आयोजित प्रशिक्षण,भेला अभिमुखीकरण तथा नया बर्ष २०८० को शुभकामना आदान प्रदान गर्न एमाले पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले उक्त धारणा राखेका हुन्।
उनका अनुसार " बिदेशी शक्तिहरुले नेपाललाई सधै अस्थिर बनाएर त्यसमा आफुहरुले खेल्ने गरेको बताउदै स्थिरताको लागि नेकपा एमालेको एकल सरकार आवश्यक रहेको भन्दै पार्टीलाइ तल देखि नै सुधार र पुनर्गठन गर्दै पार्टीलाइ मजबुद गराउनको लागि एस्तो अभियान पार्टीले चलाएको हो। हामि तल्लो तह का जनताका कुरा सुन्दै पहिलेका गल्ति कमजोरीहरुलाई सुधार गर्दै नया ढंगले अगाडी बढ्न लागेका छौ। " उक्त कार्यक्रममा एमाले नेता लालबाबु पण्डित ,थानेश्वोर बस्याल लगाएतले मन्तब्य ब्यक्त गरेका थिए। भेलामा लुम्बिनी प्रदेश अन्तर्गतका जिल्ला तथा पालिकाहरुका सम्पर्क कमिटि का पदाधिकारिहरुको उपस्थिति रहेको थियो।
एमालेले पार्टीमा रहेका संगठित सदस्यहरु जसको नवीकरण छुटेको छ त्यसलाई नवीकरण गर्ने तथा नयाँ सदस्यहरु थप गरि पार्टीलाई थप मजबुत र प्रभावशाली बनाउने भन्दै मिसन ग्राश रुटअन्तरगत विभिन्न कार्यक्रमहरु गर्दै आएको छ।