सोमबार, ११ कार्तिक, २०८२

उपचुनाव : आज रातिदेखि मौन अवधि सुरु हुँदै, दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश प्रचारप्रसार गर्न नपाइने

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ७ बैशाख, २०८०

उपचुनाव : आज रातिदेखि मौन अवधि सुरु हुँदै, दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश प्रचारप्रसार गर्न नपाइने

काठमाण्डौ । आउँदो बैशाख १० गते  हुने उपचुनाव क्षेत्रमा आज रातिदेखि मौन अवधि सुरु हुँदैछ । प्रतिनिधि सभा अन्तर्गत तनहुँ–१, चितवन–२ र बारा–२, मा आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।  निर्वाचन आयोगका सहायक प्रवक्ता अनुसार आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने जानकारी दिए । 

मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका आ–आफ्ना चुनाव चिह्न तथा प्रचारप्रसारका सामग्री हटाएको हुनुपर्ने, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत् मत माग्न र प्रचारप्रसार गर्न नहुने, अनलाइन, छापा वा अरू कुनै पनि माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचारका सामग्री पोस्ट वा सेयर गर्न नहुने पनि आयोगको आचारसंहितामा उल्लेख गरिएको छ ।

निर्देशिकाविपरीत मौन अवधिमा मतदाता प्रभावित पार्ने गतिविधि गरेमा १ लाख रुपैयाँ जरिबानादेखि उम्मेदवारी रद्दसम्मको कारबाही हुन सक्ने आयोगले जनाएको छ ।

advertisement_1760855394.gif