सोमबार, ११ कार्तिक, २०८२

वाग्मती प्रदेश सरकारले सार्वजनिक गर्यो ६२ अर्ब ७० करोड ९० लाख बराबरको बजेट।

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १ असार, २०८०

वाग्मती प्रदेश सरकारले सार्वजनिक गर्यो ६२ अर्ब ७० करोड ९० लाख  बराबरको बजेट।

हेटौडा। वाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

 वाग्मती  प्रदेश सरकारले शुक्रबार बजेट सार्वजनिक गरेको हो ।प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले प्रदेशसभाको बैठकमा सार्वजनिक गरेको कुल बजेटमध्ये चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख ६९ हजार र पुँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार रुपैयाँ  रहेको छ । 

बजेटको चालुतर्फ ४२ दशमलव ५८ प्रतिशत, पुँजीगततर्फ ५६ दशमलव ६२ र वित्तीय व्यवस्थातर्फ ० दशमलव ८ प्रतिशत बजेट विनियोजन गरिएको छ  । 

advertisement_1680627706.gif