मंगलवार, २८ आश्विन, २०८२

बीमा प्राधिकरणका अध्यक्ष शर्माले लिए पद तथा गोपनीयताको शपथ

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १० आश्विन, २०८२

बीमा प्राधिकरणका अध्यक्ष शर्माले लिए पद तथा गोपनीयताको शपथ

२०८२ असोज १०, काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनकराज शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार अर्थमन्त्री रामेश्वर खनालले शर्मालाई शपथ गराएका हुन् ।

शर्मालाई असोज ९ गतेको मन्त्रिपरिषद्को बैठकले बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो ।

नवनियुक्त अध्यक्ष शर्माले आजै पद वहाली गर्ने कार्यक्रम रहेको छ ।

advertisement_1680627706.gif