मंगलवार, २८ आश्विन, २०८२

बढ्यो सार्वजनिक यातायातको भाडा,कहाँको कति भयो ?

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २२ पुष, २०८१

बढ्यो सार्वजनिक यातायातको  भाडा,कहाँको कति भयो ?

काठमाडौँ।  सार्वजनिक यातायातको भाडा वृद्धि भएको छ। आजैदेखि लागू हुनेगरी सरकारले भाडामा वृद्धि गरेको हो । यातायात व्यवस्था विभागले विज्ञप्ति जारी सार्वजनिक यातायातको भाडा ३:३० प्रतिशतले वृद्धि गरेको जानकारी गराएको  छ। त्यस्तै सार्वजनिक यातायातको भाडा वृद्धि संगै मालबाहक सवारीसाधनको पनि भाडा वृद्धि गरिएको छ ।

पहाडी बाटोमा सञ्चालन हुने सवारीमा ०.८१ प्रतिशत र तराईमा चल्ने सवारीमा ०.०५ प्रतिशत भाडा वृद्धि गरिएको हो।

सार्वजनिक सवारी साधनको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकहरूको अंश ६५ प्रतिशत मानी भाडादर निर्धारण गरिन्छ  ।

सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्च सम्बन्धमा यातायात विभागले गरेको बजार अध्ययन तथा विश्लेषण र सरोकारवाला पक्षहरूसँग गरिएको परामर्श समेतका आधारमा पहिचान गरिएका यातायातका श्रमिकको पारिश्रमिक, इन्धन, टायर, व्याज, सञ्चालन खर्च, हाककट्टी र सञ्चालन मुनाफालगायतमा देखिएको मूल्य वृद्धिको आधारमा सार्वजनिक यातायातका सवारीको भाडा समायोजन गरिएको विभागले जानकारी दिएको छ।'

सार्वजनिक यातायातका सवारीहरुको भाडादर यस विभागको मिति २०८१।०९।२२ को निर्णयानुसार सोही मितिदेखि लागु हुने गरी देहाय अनुसार भाडादर समायोजन गरिएको छ भनिएको छ। 

Download the PDF
advertisement_1680627680.gif