राष्ट्रिय सन्देश संबाददाता, सोमबार, १३ श्रावण, २०८२
२०८२ साउन १२ ,काठमाडौँ । चिनियाँ तर्फबाट भारी वर्षा हुने सूचना दिएपछि रसुवामा उच्च सतर्कता अपनाइएको छ । उक्त सुचना चिनिया तर्फ बात आएपछि जिल्ला प्रशासन कार्यालय रसुवाले सोमबार सूचना जारी गरेर नदी आसपास रहने स्थानीयलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
जल तथा मौसम विज्ञान विभाग र चिनियाँ पक्षबाट समेत आगामी केही दिन यस क्षेत्रमा भारी वर्षाका कारण नदीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको हो । सूचना अनुसार रसुवा जिल्ला भई बहने भोटेकोशी नदी, त्रिशुली नदी, लाङटाङ खोला, चिलिमे खोला र अन्य साना ठुला नदी/खोला आसपासका क्षेत्रमा जोखिम देखिएकोले आवश्यक पूर्वतयारी र सावधानीका लागि सूचना आएको बताइएको छ ।
नदी आसपासमा निर्माणाधीन तथा सञ्चालित आयोजनाहरू र नदीको तटीय क्षेत्रमा अवस्थित कार्यालयहरूले आवश्यक पूर्वतयारी एवम् सावधानी अपनाउन सूचनामाफर्त अनुरोध गरिएको छ । गत असार २४ गते रसुवास्थित भोटेकोशीमा आएको बाढीले तेहा स्थित नेपाल चीन जोड्ने पुल बगाउनुको साथै ठूलो धनजनको क्षति गरेको थियो ।