राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, ५ असार, २०८०
बझाङ — बझाङमा भएको मन्त्री सवार जीप दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको बताइएको छ। मृत्यु हुनेमा सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहकी सिंहकी पत्नी अमृता सिंह र उनका भाउजु जयदेवी सिंह रहेका छन्।
दुर्घटनामा गम्भीर घाइते मन्त्री सिंहसहित तीन जनालाई थप उपचारका लागि हेलिकप्टरबाट नेपालगन्ज लगिएको छ । घाइते मन्त्री सिंह, उनका पीएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक घर्मराज जोशीलाई उपचारका लागि नेपालगन्ज लगिएको बताइएको छ ।
सुदूरपश्चिम सरकारका मन्त्री सिंह चढेको गाडी सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेलधुराबाट चैनपुर आउने क्रममा मंगलबार दिउँसो दुई बजेतिर केदारस्युँ गाउापालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो ।