शुक्रबार, ३० फाल्गुन, २०८१

जाजरकोटमा बोलेरो जिप दुर्घटना, पाँच जनाको मृत्यु

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २७ मंसिर, २०८१

जाजरकोटमा बोलेरो जिप दुर्घटना, पाँच जनाको मृत्यु

सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका-५ कालीमाटीबाट वडानम्बर–३ कटकेतर्फ जादै बोलेरो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

बुधबार राति ग३च ९४४५ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा ग ३ च ९४४५ नम्बरको जिप गए राति दुर्घटना हुँदा नलगाड नगरपालिका-३ का ३२ वर्षीय चालक इन्द्रजित थापा, ६५ वर्षीया शिला पुन रहेका छन् ।

यस्तै ३३ वर्षीया शारदा थापा, १८ वर्षीया लक्ष्मी पुन रोका र निजका छोरा आलोचन रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन तिमिल्सिनाले बताए ।

घाइतेमध्ये एक जनाको उपचार स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif