मंगलवार, २८ आश्विन, २०८२

६.४ केजी सुनसहित ११ जना भारतीय नागरिक पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २५ श्रावण, २०८२

६.४ केजी सुनसहित ११ जना भारतीय नागरिक पक्राउ

२०८२ साउन २४, पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले करिब साढे छ केजी अवैध सुनसहित ११ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । शुक्रबार उनीहरूलाई छ किलो चार सय ग्राम सुनसहित पक्राउ गरिएको बताइएको छ ।

उनीहरूको साथबाट चाँदी चार सय ४४ तोला र पाँच लाख १४ हजार छ सय ६५ रुपियाँसमेत प्रहरीले बरामद गरेको छ । बरामद भएको सुनको अहिलेको बजार मूल्य १० करोड ९७ लाख छ। पक्राउ परेका ११ जनालाई नै सामानसहित आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटबल पठाइने प्रहरीले जनाएको छ ।

प्रहरीले राजेन्द्र रामचन्द्र जगताप (४१ वर्ष), मनिकलाल आदक (४५ वर्ष), सन्दीप ढाव (३५ वर्ष), सोमनाथ पाल (४१ वर्ष), दीपक सामन्त (४७ वर्ष ) गोविन्दा दिण्डा (४७ वर्ष), असित वर (३५ वर्ष), तापस सामन्त (४४ वर्ष), उज्वल भोमिक (३८ वर्ष), सुनिता पवार (४० वर्ष), प्रोभास माझी (४९ वर्ष)लाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका भारतीय नागरिकहरू काेलकाता र पश्चिम बङ्गाल घर भई लामो समयदेखि पोखरामा सुनचाँदी कालिगढका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ । 

advertisement_1676551537.gif