मंगलवार, २८ आश्विन, २०८२

कुलमान पुगे पुनर्स्थापना गरिदिन माग गर्दै सर्वोच्च अदालत

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १२ चैत्र, २०८१

कुलमान पुगे पुनर्स्थापना गरिदिन माग गर्दै सर्वोच्च अदालत

१३ चैत २०८१, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ सर्वोच्च अदालत पुगेका छन् । सरकारले पदबाट बर्खास्त गरेपछि उनी आज रिट लिएर सर्वोच्च पुगेका हुन् । 

उनले आफूलाई पदमुक्त गर्ने यही सोमबारको मन्त्रिपरिषद् बैठकको निर्णय बदर गरी प्राधिकरणको प्रबन्ध निर्देशक (एमडी) मा पुनर्स्थापना गरिदिन माग गरेका हुन् ।

सरकारले आफूमाथि पटक-पटक स्पष्टीकरण सोधेर गलत ढंगले पदमुक्त गरेको उनले जिकिर गरेका छन् ।

घिसिङले नेपाल सरकार, ऊर्जा तथा जलस्रोत मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त प्रबन्धन निर्देशक हितेन्द्रदेव शाक्य लगायतलाई विपक्षी बनाएका छन् ।

advertisement_1676998982.gif