मंगलवार, २८ आश्विन, २०८२

काठमाडौँ उपत्यकासहित देशका सबै जसो पहाडी भूभागमा वर्षा।

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २४ फाल्गुन, २०७९

काठमाडौँ उपत्यकासहित देशका सबै जसो  पहाडी भूभागमा वर्षा।

काठमाडौँ।  काठमाडौँ उपत्यकासहित देशका सबै जसो  पहाडी भूभागमा आज वर्षा भइरहेको छ । आज बिहानैबाट काठमाडौँसहित देशभरका पहाडी भूभागमा वर्षा हुँदा जनजीवन केहि प्रभावित भएको छ ।पश्चिमी वायुको सामान्य प्रभावका कारण वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

वर्षा को कारणले आन्तरिक उडानमा केहि प्रभावित भएको बताइएको छ। 

advertisement_1676998982.gif