शुक्रबार, ३० फाल्गुन, २०८१

मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २८ माघ, २०८१

मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित

२८ माघ, काठमाडौँ । मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित भएको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकले मिडिया काउन्सिल विधेयक, २०८० सर्वसहमतिले पारित गरेको हो । 

बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रस्तुत गरेको विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘मिडिया काउन्सिल विधेयक, २०८० पारित गरियोस्’ भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो । त्यसअघि उक्त विधेयकको दफावार छलफलमा सांसद राजेन्द्रलक्ष्मी गैरेले भाग लिएकी थिइन् ।

बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पारित गर्न प्रस्ताव पेस गरेका थिए । बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित भएको घोषणा गरे । 

राष्ट्रिय सभाको अर्को बैठक फागुन ४ गते आइतबार बस्ने गरी स्थगित भएको छ । 

advertisement_1680627706.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif