मंगलवार, २८ आश्विन, २०८२

मुग्लिन-नारायणगढ सडक फेरि बन्द

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ७ आश्विन, २०८२

मुग्लिन-नारायणगढ सडक फेरि  बन्द

काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गतको तुइनखोलामा भयंकर सुक्ख पहिरो खसेसँगै उक्त सडकखण्ड फेरि बन्द भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलास्थित सडकमा मंगलबार दिउँसो ३:२० बजे खसेको भयंकर सुक्खा पहिरोले सडक समेत भासिन सक्ने खतरा बढेको बताइएको छ । जसका कारण तत्कालै सडक खुलाउन सक्ने कुनै सम्भावना नरहेको बताइन्छ।सडक खुल्न कति दिन लाग्ने भन्ने कुनै निर्क्योल  गर्न नसकिने अवस्था रहेको बताइएको  छ।

सडक नै भासिन सक्ने जोखिमका कारण अहिले सवारीसाधनलाई  फिर्ता गरेर वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको तथा पहिरो निरन्तर खसिरहेकोले तत्काल पहिरो पन्छाउन सक्ने सम्भावना नरहेको बताइन्छ  ।

advertisement_1676551646.gif