राष्ट्रिय सन्देश संबाददाता, सोमबार, ३ चैत्र, २०८१
काठमाडौं, ४ चैत २०८१ । नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजी) मा दीपक थापा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले थापालाई आईजीपीमा नियुक्त गरेको हो ।
आईजीपीका ३ जना प्रतिस्पर्धीमध्ये वरीयतामा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रमुख रहेका थापा एक नम्बरमा थिए। प्रतिस्पर्धाको दोस्रो नम्बरमा प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरी र तेस्रोमा टेकबहादुर तामाङ थिए ।
३०औं महानिरीक्षक वसन्तबहादुर कुँवर ३० वर्षे सेवा अवधि पूरा गरी आज रातिबाट अवकाश हुँदैछन्। एआईजी थापाले भोलि चैत ५ बाट आईजीपीको कार्यभार सम्हाल्दैछन् ।
महानिरीक्षक वसन्तबहादुर कुँवर ३० वर्षे सेवा अवधि पूरा गरी आज रातिबाट अनिवार्य अवकाशमा जाँदैछन् ।