आईतवार, ३१ जेष्ठ, २०८३

नेपाल संवत् ११४४ सुरू, सरकारी कागजातमा पनि नेपाल संवत् उल्लेख गर्ने सरकारको निर्णय।

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २८ कार्तिक, २०८०

नेपाल संवत् ११४४ सुरू,  सरकारी कागजातमा पनि नेपाल संवत् उल्लेख गर्ने सरकारको निर्णय।

काठमाडौँ — नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई खास गरि नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् ।राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा  नेपाल संवत्को सुरुवात गराएका थिए। 

 विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियन्ताहरुले अभियान चलाइरहेको पाइन्छ   । नेपाल संवत्लाई नयाँ वर्षका रूपमा काठमाडौं, ललितपुर, भक्तपुर,लगायतका स्थानमा बसोबास गर्ने  नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरूपमा मनाउने गरिन्छ । नयाँ वर्षको अवसरमा वसन्तपुरमा नेवार समुदायका व्यक्तिहरु सांस्कृतिक पहिरनसहित वसन्तपुरमा र्‍याली निकालेका छन् ।र्‍यालीमा सहभागीहरू नेवारी वेशभूषामा सजिएका थिए । र्‍यालीमा नेवारी संस्कृतिमा आधारित विभिन्न नृत्य, बाजा तथा झाँकीको प्रदर्शन गरिएको थियो।

गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।। आजदेखि सरकारले सरकारी कागजातमा नेपाल संवत् पनि उल्लेख गर्ने निर्णय गरेको जनाइएको छ ।

advertisement_1676553908.gif
अन्य समाचार