राष्ट्रिय सन्देश संबाददाता, शनिबार, ४ आश्विन, २०८२
२०८२ भदौ ०४, काठमाडौँ । नारायणगढ-मुग्लिन सडकखण्डको तुइनखोलामा गएको पहिरो हटाउन अपेक्षा गरिएको भन्दा बढी समय लाग्ने अनुमान गरिएको छ । शुक्रबार साँझदेखि पहिरो खसेपछि अहिले सम्म सडक अवरुद्ध छ, शनिबार बिहान पनि सोही क्षेत्रमा ठूलो पहिरो खसेको थियो ।आज पनि बाटो नखुल्ने भएको छ ।
हजारौं यात्रुहरू २५ घण्टादेखि अलपत्र परेका छन्। उनीहरूलाई सहयोग गर्न चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नेतृत्वमा नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान निकायका वरिष्ठ अधिकारीहरू सहितको टोलीले खाना वितरण गरेको बताइएको छ ।
तुइनखोलादेखि लोथरसम्म यातायात ठप्प भएको छ । हाल उक्त स्थानमा लगभग ११,५०० सवारी साधन अड्किएका छन् । अब पहिरो हटाउने काम भोलि बिहान मात्र शुरु गरिने बताइएको छ ।