मंगलवार, २८ आश्विन, २०८२

नवनियुक्त आईजीपी थापाले गरे सेवा निवृत्त कुँवरलाई बिदाई

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ४ चैत्र, २०८१

नवनियुक्त आईजीपी थापाले गरे सेवा निवृत्त कुँवरलाई बिदाई

काठमाडौं, २०८१  चैत्र ४ । अवकाश प्राप्त नेपाल प्रहरीका आईजीपी बसन्त बहादुर कुँवरको बिदाई गरिएको छ । सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक भव्य समारोहमाबीच नवनियुक्त प्रहरी महानिरीक्षक दिपक थापाले विशेष सम्मानसहित कुँवरलाई बिदाई गरेका हुन् ।

उनीसँगै अतिरिक्त महानिरीक्षकहरूमा टेक प्रसाद राई, बुद्धिराज गुरूङ, दुर्गा सिंह, कुवेर कडायत, जनक भट्टराई तथा प्रहरी नायव महानिरीक्षकहरू ध्रुवराज राउत, भोला बहादुर रावल र गणेश चन्द रहेका पनि अनिवार्य अवकाशमा गएका हुन् । उनीहरुलाई पनि नवनियुक्त आईजीपीले मायाको चिनो प्रदान गरेर बिदाई गरे ।बिदाइ समारोहलाई सम्बोधन गर्दै निवर्तमान प्रहरी महानिरीक्षक कुँवरले संगठनप्रति आफ्नो समर्पण व्यक्त गर्दै नेपाल प्रहरी परिवारप्रति आभार प्रकट गरे ।

नवनियुक्त आईजीपी थापाले निवर्तमान प्रहरी अधिकृतहरूको योगदानको प्रशंसा गर्दै नेपाल प्रहरीको श्रीवृद्धिमा उहाँहरूको भूमिकाले महत्वपूर्ण टेवा पुगेको बताए ।

advertisement_1744958411.jpg