राष्ट्रिय सन्देश संबाददाता, आईतवार, ९ चैत्र, २०८१
१० चैत्र २०८१, बिराटनगर । प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन आजवाट विराटनगरमा सुरु हुँदै छ । ‘समृद्धिका लागि सञ्चार प्रेस चौतारीको आधार’ भन्ने मूल नाराका साथ हुन लागेको महाधिवेशन तीन दिनसम्म चल्ने छ ।
केन्द्रीय महाधिवेशनको आइतबार बिहान ११ः०० बजे प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । आजवाट सुरू हुने महाधिवेसनका संगठनका पदाधिकारी तथा अधिकांश केन्द्रीय सदस्य र प्रतिनिधिहरू विराटनगर आइ पुगिसकेका छन । माउ पार्टी नेकपा एमालेका नेता तथा महाधिवेसन प्रतिनिधिहरू समेत धेरै जसो आज नै महाधिवेसन स्थलमा आइसक्ने जनाइएको छ । महाधिवेशनमा झण्डै ९ सय प्रतिनिधिले सहभागिता जनाउने महासचिव हिरामान लामाले जानकारी दिए ।
अतिथि, केन्द्रीय पदाधिकारी र सदस्यलाई हिजोबाट र प्रतिनिधिलाई भने आज र भोलिका लागि आवासको व्यवस्था गरिएको छ। अधिवेशनले पत्रकारिता क्षेत्रका समस्या र आगामी योजनाको बारेमा तथा भावी नेतृत्व चयन यस महाधिवेशनले गर्ने महासचिव लामाले जानकारी दिएका छन् ।
चौतारीको भावी अध्यक्षका लागि दुई जनाले उम्मेदवारी घोषणा गरिसकेका छन् । जसअनुसार उपाध्यक्ष गणेश पाण्डे र राजेश राइले भावी नेतृत्वका लागि प्रतिस्पर्धाका लागि घोषणा गरिसकेका छन् । अहिलेसम्म नै पाण्डे र राईबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।