बिहीबार, २८ फाल्गुन, २०८२

प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा. कुमार शर्मा आचार्य नियुक्त

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १६ मंसिर, २०८२

प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा. कुमार शर्मा आचार्य नियुक्त

२०८२ मंसिर १५, काठमाडौँ । सरकारकाले प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा आचार्यलाई नियुक्त गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार आचार्यलाई नियुक्त गरिएको हो ।

लामो समयदेखि प्रेस काउन्सिल अध्यक्षविहीन थियो । आज बसेको मन्त्रिपरिषद्‍ बैठकले उक्त निर्णय गरेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

यस्तै बैठकले बैकुण्ठ अर्याललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।

advertisement_1680627706.gif