बुधबार, १९ चैत्र, २०८१

प्राधिकरणको केन्द्रीय कार्यालयमा सुरक्षा व्यवस्था कडा

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ११ चैत्र, २०८१

प्राधिकरणको केन्द्रीय कार्यालयमा सुरक्षा व्यवस्था कडा

१२ चैत २०८१, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएपछि चुलिएको असन्तुष्टिलाई मध्यनजर गर्दै प्राधिकरणको केन्द्रीय कार्यालयमा सुरक्षा बढाइएको हो ।

कुलमानलाई हटाउने सरकारको निर्णय विरुद्ध राजधानीमा मंगलबार विहानैबाट प्रदर्शन भइरहेको छ । कुलमानलाई कार्यकारी निर्देशकबाट हटाएपछि नेपाल विद्युत प्राधिकरण भने सुनसान रहेको छ ।

प्राधिकरण बाहिर सुरक्षाकर्मी तैनाथ गरिएको छ । सम्भावित विरोधलाई मध्यनजर गर्दै प्राधिकरण बाहिर सुरक्षकर्मी परिचालन गरिएको छ ।

advertisement_1676551694.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif