मंगलवार, २८ आश्विन, २०८२

पूर्वडिआईजी छविलाल जोशीलाई बुटवल ल्याइयो

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ५ कार्तिक, २०८१

पूर्वडिआईजी छविलाल जोशीलाई बुटवल ल्याइयो

बुटवल, कार्तिक ५ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई रूपन्दही ल्याइएको छ । अनुसन्धानकै क्रममा पोखरा प्रहरी हिरासतमा रहेका जोशीलाई सोमबार जहाज मार्फत पोखराबाट बुटवल ल्याएको हो ।

बुटवलको सुप्रिम सहकारीमा समेत मुछिएका जोशीलाई बयानका लागि पोखराबाट सोमबार रुपन्देही ल्याएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता डिएसपी लक्ष्मी खनालले कास्की हिरासतमा रहेका जोशीलाई हवाई जहाजमा पोखराबाट रुपन्देही ल्याएको जानकारी दिइन्।

संसदीय समितिको कारबाही सिफारिस पछि जोशीलाई पक्राउ गरेर पोखरा लागिएको थियो । जोशीलाई गत असोज ७ गते नै पक्राउ गरिएको थियो । 

जोशीलाई इलाका प्रहरी कार्यालय, बुटवलमा राखिएको छ। भोलिदेखि जोशीको बयान सुरु हुने डिएसपी खनालले जानकारी दिइन्। कार्तिक ७ गते कास्की फर्काउने जनाइएको छ।

 

advertisement_1676551537.gif