मंगलवार, २८ आश्विन, २०८२

प्रकृतिको अन्त्येष्टिमा भारतका विद्यार्थीलगायत हजारौको उपस्थिति, शोकमग्न भैरहवा

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ८ फाल्गुन, २०८१

प्रकृतिको अन्त्येष्टिमा भारतका विद्यार्थीलगायत हजारौको उपस्थिति, शोकमग्न भैरहवा

८ फागुन, बुटवल । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी मा शंकास्पद मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्साल को अन्त्येष्टि मध्यरातमै गरिएको छ । भैरहवाको स्वर्गद्वारी घाटमा हजारौँको उपस्थितिमा उनको दाहसंस्कार गरिएको हो । 

भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा शंकास्पद मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको शव हिजै दिउँसो ल्याइए पनि राती अन्त्येष्टि गरिएको छ ।

भैरहवाको स्वर्गद्वारी घाटमा हजारौँको उपस्थितिमा उनको दाहसंस्कार गरिएको हो । अन्त्येष्टिमा परिवार, आफन्त, स्थानीयबासी तथा सहपाठीहरू सहभागी भएका थिए ।

त्यसपछि मध्यराति नै अन्तिम सस्कार गरिएको हो । लम्सालको अन्तिम संस्कारमा भैरहवावासीको ठूलो संख्यामा सहभागिता रहेको थियो । केआइआइटीमा स्नातक अन्तिम बर्षमा अध्ययनरत भैरहवाकी २१ बर्षीय प्रकृति लम्सालको कलेजको छात्रावासमा शव फेला परेको थियो ।

advertisement_1680627680.gif