बिहीबार, १६ जेष्ठ, २०८२ 6:20:22 AM

पराजुलीलाई भाटभटेनीद्वारा ५ लाख पुरस्कार

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १९ चैत्र, २०८१

पराजुलीलाई भाटभटेनीद्वारा ५ लाख पुरस्कार

२० चैत्र २०८१, काठमाडौं । चैत १५ गते कोटेश्वरस्थित भाटभटेनीलाई लुटपाट र तोडफोडबाट जोगाउने सुरक्षागार्डलाई सम्मान गरिएको छ । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले बुधबार सुरक्षागार्ड दुलप्रसाद पराजुलीलाई पाँच लाख एक हजार १११ रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेका हुन् । उनको पाँच ग्रेड बढुवा पनि गरिएको बताइएको छ ।

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले स्वयं उपस्थित भई दुबोको माला लगाएर पराजुलीलाई सम्मान गरे । पराजुली २२ वर्षदेखि भाटभटेनीमा कार्यरत छन् ।चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीले प्रदर्शन गरेका थिए । 

लुटपाट गर्ने समूहलाई सुरक्षागार्ड पराजुलीसहिको टोलीले प्रतिकार गरेको थियो । सुरक्षागार्डले लाठीचार्ज गरेको भिडियो बाहिरिएपछि उनीहरूको प्रशंसा भएको थियो ।

समारोहमा अन्य कर्मचारीहरूलाई पनि पुरस्कार र सम्मान प्रदान गरिएको थियो ।

advertisement_1676551694.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif