मंगलवार, २८ आश्विन, २०८२

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २५ कार्तिक, २०८१

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति

पोखरा, कार्तिक २५ जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । न्यायाधीश नवराज दाहालको इजलासले आइतबार यो आदेश जारी गरेको हो।

जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो भने पुनः दोस्रोपटक ७ र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो ।

लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।

 

advertisement_1676551694.gif