शुक्रबार, ३० फाल्गुन, २०८१

रवि लामिछानेलगायत विरूद्ध कास्की अदालतमा मुद्दा दर्ता

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ७ पुष, २०८१

रवि लामिछानेलगायत विरूद्ध कास्की अदालतमा मुद्दा दर्ता

७ पुष, पोखरा । सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्धको अभियोग पत्र जिल्ला अदालत कास्की दर्ता भएको छ । साथै, उनकी पत्नी निकिता पौडेल र अन्य ५ जनाविरुद्ध पनि मुद्दा दायर गरिएको छ।

सरकारी वकिल कार्यालय कास्कीले पेश गरेको प्रमाणपत्र र मिसिलसहितको अभियोग अदालतमा दर्ता भएको कास्की अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । उनका अनुसार लामिछानेविरुद्ध संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको हो । उनी सहित ४४ जनालाई बिपक्षी बनाइएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले आइतबार कास्की जिल्ला अदालतमा दायर गरेको अभियोगपत्र ४२७ पृष्ठ लामो रहेको जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयले यही पुस १ गते सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सरकारी वकिल कार्यालयका अनुसार हिनामिना एवं अपचलन भएको बिगो मध्ये मूल अभियोग पत्रमा खुलाइएको १०३५ जना बचत कर्ताहरूको जम्मा बिगो एक अरब ११ करोड ४० लाख ४५ हजार ३५ रुपैयाँ सत्र रकम रहेको छ । यस्तै कुल बिगो १ अर्ब ५१ करोड रहेको छ ।

advertisement_1680627706.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif