मंगलवार, २८ आश्विन, २०८२

सुनको मूल्य प्रतितोला २ लाख रुपैयाँ नाघ्यो

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १३ भाद्र, २०८२

सुनको मूल्य प्रतितोला २ लाख रुपैयाँ नाघ्यो

२०८२ भदौ १३ गते, शुक्रबार,काठमाडौँ । नेपाली बजारमा सुनको भाउ प्रतितोला २ लाख माथि पुगेको छ । अघिल्लो दिन अर्थात बिहीबार अहिले सम्मकै बढी मुल्यमा कारोबार भएको सुनको मूल्यले आज सो रेकर्डलाई ब्रेक गरेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला २ लाख ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँ बढेको हो । बुधबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य पनि रेकर्डस्तरमा कारोबार भइरहेको छ । गत साउन १० गते तोलाको २ हजार ३६० रुपैयाँमा कारोबार भएर रेकर्ड बनाएको चाँदी, आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा भने आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेको हो ।

advertisement_1680627680.gif