बिहीबार, २८ फाल्गुन, २०८२

सार्क-जापान विशेष कोषसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २७ फाल्गुन, २०८२

सार्क-जापान विशेष कोषसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

२०८२ फागुन २७, काठमाडौं । जापान सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालयलाई रु एक करोड २० लाख प्रदान गर्ने भएको छ ।

सचिवालय र जापान सरकार बीच सार्क-जापान विशेष कोषअन्तर्गतका कार्यक्रम कार्यान्वयन गर्न जापानले उक्त रकम प्रदान गर्न लागेको हो । 

सार्क सचिवालयका अनुसार उक्त सहयोगसम्बन्धी समझदारी पत्रमा सोमबार हस्ताक्षर भएको छ । सचिवालयमा आयोजित कार्यक्रममा सार्कका महासचिव  गोलाम सरवर र नेपालका लागि जापानका राजदूत माएदा तोरुले उक्त सहमति पत्रमा हस्ताक्षर गरेको सार्क सचिवालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

उक्त कार्यक्रमले जापान र सार्क मुुलुकबीचको मैत्री, सहकार्य तथा आपसी सम्बन्ध  सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

advertisement_1772818633.jpg