मंगलवार, २८ आश्विन, २०८२

संसद चन्द्र भण्डारीलाई उपचार का लागि भारत लैजाने तयारी

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ४ फाल्गुन, २०७९

संसद  चन्द्र भण्डारीलाई  उपचार का लागि भारत लैजाने तयारी

काठमाडौँ। गए राति खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका नेता संसद डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लैजाने तयारी भैरहेको बताइएको छ। उनकी आमा हरिकला भण्डारीको अवस्था जटिल देखिएको अस्पतालले जनाएको छ। सिलिण्डर विस्फोटमा परी घाइते भएका भण्डारी र आमाको अहिले कीर्तिपुर स्थित अस्पतालमा उपचार भइरहेको छ । 

उनीहरूको उपचार भैरहेको तर  स्वास्थ्य अवस्था भने जटिल रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । अस्पतालले उनीहरूको उपचारका लागि नेपालमा सहज नहुने देखिएकाले देशबाहिर सुविधा सम्पन्न अस्पतालमा लैजान सिफारिस गरेका छन् ।

प्रतिनिधिसभा सदस्य समेत रहेका भण्डारीको अनुहार, दुवै हात र दुवै खुट्टा गरी करिब ३० प्रतिशत भाग र आमाको जीउको अधिकांश करिब ७० प्रतिशत भाग जलेको छ । बौद्धिक नेता का रुपमा परिचित भण्डारी गुल्मी बाट प्रतिनिधि सभामा निर्वाचित संसद हुन्।

advertisement_1676551694.gif