राष्ट्रिय सन्देश संबाददाता, सोमबार, १५ बैशाख, २०८२
काठमाडौँ । सगरमाथा आरोहण सुरु भएको छ।
विश्वको सबैभन्दा उच्च शिखर चुम्नका लागि सयौँ पर्वतारोहीहरू अहिले धमाधम सगरमाथाको उच्च शिखरतर्फ लम्किरहेका छन् ।
यसैबिच, सो हिमाल आरोहणको मनमोहन दृश्य ‘एभरेष्ट टुडे’ ले आफ्नो सामाजिक सञ्जाल एक्समा हालेको छ ।
यो तस्बिर नेपालकी प्रसिद्ध पर्वतारोही पूर्णिमा श्रेष्ठलगायतले खिचेका हुन् ।