आईतवार, ३१ जेष्ठ, २०८३

सयको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २१ बैशाख, २०८१

सयको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

काठमाडौँ । नेपाल सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने भएको छ। सरकारले सयको नोटमा राखिएको पुरानो नक्सालाई परिवर्तन गरेर नयाँ चुच्चे नक्सा राख्न सहमति दिने निर्णय गरेको हो।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ जेठ ७ गते लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ सार्वजनिक गरेको थियो ।

advertisement_1676551646.gif
अन्य समाचार