मंगलवार, २८ आश्विन, २०८२

शरणार्थी प्रकरणमा महानिरीक्षको नाम जोडिएसँगै प्रहरीको ध्यानाकर्षण

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ११ जेष्ठ, २०८०

शरणार्थी प्रकरणमा महानिरीक्षको नाम जोडिएसँगै प्रहरीको ध्यानाकर्षण

काठमाडौं । नेपाल प्रहरीले सञ्चारमाध्यममा प्रहरीको नेच अफ कमाण्डमाथि आँच आउने गरी समाचार आएको भन्दै आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतले विज्ञप्तिमा जारी गर्दै, शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षकलाई जोडिनु गलत भएको बताएका हुन् ।

विज्ञप्तिमा प्रहरी प्रधान कार्यालयले कुनै व्यक्तिले गरेको संवादकै आधारमा नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरलाई विवादमा तान्नु निन्दनीय भएको प्रहरीले दाबी गरेको छ । ‘कुनै दुई व्यक्तिले गरेको संवादकै आधारमा शरणार्थी प्रकरणका आरोपितबाट प्रहरी प्रमुख स्वयंले नै आर्थिक फाइदा लिएको भन्ने अतिशयोक्ति तथ्य स्थापित गर्न खोजी प्रहरी महानिरीक्षकलाई विवादमा तानिनु अत्यन्त निन्दनीय छ ।’ विज्ञप्तिमा भनिएको छ ।

नेपाल प्रहरी सदैव संविधान, कानून र संगठनको आफ्नै मूल्यमान्यतामा अडिग रही दोषी नछुटुन, निर्दोष नफसुन भन्नेमा सचेत र प्रतिबद्द छ । अपराधी जोसुकै होस उसलाई बचाउन हैन सजाय दिलाउनका लागि नागरिक र प्रहरी दुवैको सहकार्य र समन्वय हुनुपर्नेमा कुनै आधार, तथ्य प्रमाण बिना नै महानिरीक्षकलाई नै विवादमा तानेर अपराधी जोगाउन प्रयासरत रहेको भनिनुले समग्र संगठनको छविमा आँच पुगेको छ।’ ’ विज्ञप्तिमा उल्‍लेख छ।

विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै विज्ञप्तिमा ‘कुनै आधार, तथ्य र प्रमाणबिना अपराध अनुसन्धानजस्तो संवेदनशील विषयमा सम्प्रेषण गरिएको समाचारले जनमानसमा भ्रम सिर्जना हुन जाने र नेपाल प्रहरी संगठनकै विश्वसनियता, छवि तथा चेन अफ कमाण्डमा समेत आँच आउने हुँदा उक्त समाचारहरूप्रति नेपाल प्रहरी प्रधान कार्यालय पूर्ण असहमति प्रकट गर्दछ ।’

आर्थिक फाइदा लिएको भन्ने अतिशयोक्ति तथ्य स्थापित गर्न खोजेर विवादमा तानेको निन्दनीय भएको र कुनै आधार, तथ्य र प्रमाणबिना नै समाचार बनाएर जनमानसमा भ्रम सिर्जना गरेको उनको भनाई छ ।

advertisement_1680627706.gif