राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, २३ आश्विन, २०८२
२०८२ असोज २३, काठमाडौँ । नेपालीहरुको दोश्रो महानचाड तिहारको आगमनसंगै भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डुमा किसानहरु मखमली फूल टिप्न यति बेला व्यस्त हुन थालेका छन् ।
वैशाख, जेठमा लगाएका मखमली फूल दशैं भन्दा अगाडी साउन, भदौ महिनामा टिपिने र विदेश निर्यात गरिने स्थानीय किसान लक्ष्मी नगरकोटीले बताइन् ।
दशैंपछि तिहारका लागि फूल टिपिने उनले जानकारी दिइन् । प्रतिगोटा मालाको मूल्य २२ देखि २३ रुपैयाँमा बिक्री हुने र व्यवसायीहरु घरमै माला लिन आउने गरेको उनले बताइन् ।
हाल यहाँका फुलखेती गर्ने किसानहरू बिहान फूल टिप्ने र दिउँसो माला उन्ने काममा व्यस्त हुदै आएका छन् ।