मंगलवार, २८ आश्विन, २०८२

दीपक मनाङेलाई २० प्रतिशत कैद सजाय छुट दिन अदालतको आदेश

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २३ फाल्गुन, २०८१

दीपक मनाङेलाई २० प्रतिशत कैद सजाय छुट दिन अदालतको आदेश

२३ फागुन २०८१, काठमाडौँ । राजीव गुरुङ ‘दीपक मनाङे’को कैद सजायमा २० प्रतिशत छुट दिन जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले मनाङेलाई बाँकी सजायको २० प्रतिशत छुट दिन आदेश दिएको हो ।

मनाङेले फागुन १२ गते मुलुकी ऐन दण्ड सजायको ४१ (क) अनुसार २० प्रतिशत छुटका लागि अदालतमा निवेदन दिएका थिए । सोही निवेदनअनुसार २० प्रतिशत छुट दिन आदेश दिएको अदालतका सूचना अधिकारी दीपकुमार श्रेष्ठले जानकारी दिए ।

गत कात्तिक २० मा मनाङेलाई सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । कात्तिक २७ गते मनाङे अदालतमा उपस्थित भएका थिए । उनलाई सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो।मिलन गुरूङ ‘चक्रे मिलन’ को हात छिन्ने गरी तरबार प्रहार गरेको घटनामा २० वर्षपछि सर्वोच्चबाट मनाङेलाई ५ वर्ष कैद सजायको फैसला भएको थियो ।

मनाङेले यसअघि नै २ वर्ष ८ महिना जेल सजाय काटिसकेका छन् । अब उनले २ वर्ष ४ महिना जेल सजाय काट्नुपर्ने थियो । अब उनले एक वर्ष जेल बसे पुग्ने भएको छ ।

advertisement_1680627680.gif