राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, १३ चैत्र, २०८१
१४ चैत्र २०८१, काठमाडौँ । विद्युत् प्राधिकरणबाट पदमुक्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङले पेस गरेको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ ।
आफूलाई गैरकानुनी रूपमा पदमुक्त गरिएको दाबी गर्दै बुधबार घिसिङ सर्वोच्च पुगेका थिए । समय अभावका कारण बुधबार दर्ता हुन नसकेको रिट बिहीबार दर्ता भएको हो ।
उनले आफूलाई पदमुक्त गर्ने यही सोमबारको मन्त्रिपरिषद् बैठकको निर्णय बदर गरी प्राधिकरणको प्रबन्ध निर्देशक (एमडी) मा पुनर्स्थापना गर्नुपर्ने उनको माग छ ।
सर्वोच्च अदालत प्रशासनले शुक्रबारका लागि उनको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुने मिति तोकेको छ ।