मंगलवार, २८ आश्विन, २०८२

वीरगञ्जबाट ५३ अर्ब २६ करोडका वस्तु निर्यात

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ११ चैत्र, २०८१

वीरगञ्जबाट ५३ अर्ब २६ करोडका वस्तु निर्यात

१२ चैत्र २०८१, वीरगञ्ज । वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको आठ महिनामा रु ५३ अर्ब २६ करोड मूल्य बराबरका सामान निर्यात भएका छन् । गत आवको सोही अवधिको तुलनामा यो एक सय ७२ दशमलव ०१ प्रतिशतले बढी हो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार चालु आवमा भटमासको तेल निर्यात बढेको छ । बितेका आठ महिनामा रु २८ अर्ब १९ करोड मूल्य बराबरको १३ करोड ४७ लाख १० हजार एक सय ४२ लिटर भटमासको तेल निर्यात भएको हो ।

यसैगरी, रु चार अर्ब ८८ करोड बराबरको जुस र रु तीन अर्ब ६८ करोड मूल्य पर्र्नेफलाम तथा फलामका सामग्री निर्यात भएको छ ।

advertisement_1680627680.gif