राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, ११ चैत्र, २०८१
१२ चैत्र २०८१, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नव नियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रिपरिषद् बैठकबाट नियुक्त भएका शाक्यले मंगलबार साँझ प्राधिकरणको कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।
कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई पदमुक्त गर्दै शाक्यलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय प्रमाणित भएर नियुक्ति पत्र बुझेपछि उनी पदभार ग्रहण गर्न नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालय पुगेका हुन् ।
उनले कार्यभार सम्हाल्दै सरकारले आफूलाई अवसर दिएको र त्यसलाई निष्पक्षताका साथ पूरा गर्ने बताए । उनी यसअघि २०७७ माघ २८ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।