राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, २४ असार, २०८२
२४ असार २०८२, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार बसेको प्रदेश सभाको बैठकमा नाउपाकी समानुपातिक सांसद उर्मिला देवी सिंहले सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको जानकारी गराएकी हुन् ।
सांसद सिंहले बजेटमा बिचौलिया हाबी भएको र त्यस्को आफूसँग प्रमाण समेत रहेको दाबी गरेकी छन्। उनले मधेश प्रदेशमा धेरै भ्रष्टाचार भएको आरोप समेत लगाएकी छन् । उनले आफ्नो गाउँमा चलिरहेको योजनाको काममा बिचोलियाले आएर गर्दै गरेको दाबी गरेकी छन्। सुखी मधेश समृद्ध मधेश हुनुको साटो सबै माननीय सांसद र मधेश प्रदेशको जनता अहिलेको बजेटले दुखी भएको उनको आरोप छ ।
सांसद सिंहले सभामुखलाई अभिभावकको भूमिका निर्वाह गर्दै सबै सांसदहरुको भावनालाई बुझेर कुनै नतिजामा पुग्न आग्रह गरिन् ।