मंगलवार, २८ आश्विन, २०८२

रन्जितालाई साधारण सदस्य समेत नरहने गरी अध्यक्षबाट हटाउने नाउपाको निर्णय

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १५ श्रावण, २०८२

रन्जितालाई साधारण सदस्य समेत नरहने गरी अध्यक्षबाट हटाउने नाउपाको निर्णय

२०८२ साउन १४, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाउने निर्णय गरेको छ । आज रञ्जिताका श्रीमान समेत रहेका पार्टीका संरक्षक रेशम चौधरी पक्षको बैठकले अध्यक्षबाट हटाउने प्रस्ताव पारित गरेको हो ।

संयोजक रामलाल डंगौरा थारूका अनुसार श्रेष्ठलाई साधारण सदस्यसमेत नरहनेगरी अध्यक्षबाट हटाएको हो । 

पार्टी नेताहरुका अनुसार तीन सदस्यीय अनुशासन समितिमा रामलाल डगौरा थारु संयोजक, पुन्नबहादुर बुढा र सुनिता चौधरी सदस्य छन् । सुनिता चौधरी भने आर्थिक अनियमितताको अभियोगमा हाल कञ्चनपुरमा थुनामा छिन् ।

अध्यक्षसहित २१ जना केन्द्रीय सदस्य रहेको नाउपामा बुधबार आयोजित राष्ट्रिय भेलामा १२ जनाको उपस्थिति थियो । यस्तै भेलाका प्रतिनिधिहरुमा संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई बोलाइएको थियो ।

भेलाले अध्यक्ष श्रेष्ठ चौधरीमाथि पाँच वटा कारण देखाएर कारबाही गरेको सहभागी नेताहरुले बताएका छन् । बैठक नबोलाएको, स्पष्टीकरण नबुझाएको, कार्यवाहक तोकेको, पोखराको लिचीबारी जग्गा अनियमितता प्रकरणमा मुछिएको र पार्टीको विधिविधान मिचेको आरोप लगाइएको छ ।

advertisement_1676553851.gif